काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेकी छन् । शनिबार ट्वीटमार्फत् उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेकी हुन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले सो रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गरेकी छन् । ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस ९कोभिड–१९०को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं १ यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं १’–उनको ट्वीटमा लेखिएको छ ।


ADVERTISEMENT

# # #