काठमाडौँ — प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT

# # #


बरामद मास्क ४ हजार ३७५ केजी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बरामद मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ।