काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले ललितपुरको ग्वार्कोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले आफ्नो १२३औं शाखा कार्यालयका ग्वार्कोमा रुपमा सोमबारदेखि कारोबार सुरुवात गरेको हो । उक्त शाखाको ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको थियो।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।