एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ ।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो ।


ADVERTISEMENT


यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् ।


ADVERTISEMENT

# # #


विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धान गरिरहेका छन् । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा जाँच हुनेछ ।