काठमाडौँ– संविधान संशोधन विधेयक असफल भएपछिको रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी(राजपा)को बैठक बस्दैछ ।


ADVERTISEMENT


पार्टी कार्यालय बबरमहलमा ११ बजेपछि बस्ने बैठकले पार्टीको भावी कार्यनीति तय गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।


ADVERTISEMENT

# # #


‘हाम्रो लागि परिस्थिति त्यति सहज छैन। संविधानको पूर्णताका लागि मधेशमा बलिदानी भएको छ।’ उनले भने,‘हाम्रो लागि आन्दोलन र निर्वाचनको लागि पनि वातावरण सहज छैन। पदाधिकारी बैठकले एउटा निश्कर्ष निकाल्छ।’

राजनीतिक समस्यासँगै तराईमा बाढी पीडितको समस्या समेत थपिएको उनले बताए । संविधान संशोधनलाई प्रक्रियामा लगेर निश्कर्षमा पुर्‍याउनु भने सकारात्मक रहेको उनले बताए ।

आजको बैठकले निर्वाचनको रणनीति तय गर्ने राजपाका महासचिव केशव झाले सेतोपाटीलाई बताए । ‘निर्वाचनमा जाने शर्तमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश भएको हो।’ उनले भने, ‘हिजो हामी दश प्रतिशत मात्रै थियौं।आज हामी दुई तिहाइको नजिक पुगेका छौँ । त्यसैले, निर्वाचनमा नजाने भन्ने प्रश्न नै छैन।’

कांग्रेस,माओवादीसहितका दलहरुसँग मिलेर बृहत राजनीतिक गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने उनले बताए । एमाले र राप्रपा बाहेकका शक्तिहरुसँग मिलेर परिवर्तको पक्षमा लड्नुपर्ने झाले बताए ।