जनकपुर – प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि गोप्य मतदान सुरु भएको छ । मंगलबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानीबारे निष्कर्ष निकालेसँगै त्यसका लागि मतदान सुरु भएको हो ।


ADVERTISEMENT


नामाकरणका लागि चार पटक र राजधानी तोक्न तीन पटक गरी सात पटक निर्वाचन हुँदैछ । सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका सांसदहरुले मधेश प्रदेश, प्रतिपक्षी नेपाली काँग्रेसले मिथिला र नेकपाले जानकी प्रस्ताव राखेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशको स्थायी राजधानीका लागि तीनवटा नाम प्रस्ताव गरिएका छन् । जसमा सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका सांसदहरुले स्थायी राजधानीको नाम वीरगञ्ज प्रस्ताव गरेका छन् । यद्दपी प्रदेशको राजधानी जनकपुरधामलाई राख्ने विषयमा सहमति भइसकेको बताइएको छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानीको सवालमा तर्कसहित मत राखिसकेपछि दुई तिहाई मतले प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लाग्नेछ ।