जनकपुर – प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत भएको छ ।


ADVERTISEMENT


मंगलबार प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि गोप्य मतदान भएको मतदानमा कांग्रेसले ले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ नामले प्रदेशसभामा बहुमत पाउन सकेन ।


ADVERTISEMENT

# # #


कांग्रेसद्वारा प्रस्तावित ‘मिथिला भोजपुरा’का पक्षमा जम्मा २८ मत परेको छ । विपक्षमा ७९ भोट खलेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ । १०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन ।

यसअघि भएको मतदानमा प्रदेश २ को नाम ‘जानकी’ राख्ने नेकपाको प्रस्ताव पनि अस्वीकृत भएको थियो । जानकी नामको पक्षमा ३७ मत खसेको छ थियो भने विपक्षमा ७० मत परेको छ ।

अब सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका सांसदहरुले ‘मधेश’ नाममाथि मतदान हुनेछ ।