ग्याँसको समस्या छैन, नियमित आपूर्ति भैरहेको छ : गोकुल भण्डारी
निगमले समयमै मूल्य समायोजन नगर्दा दुई चार दिन पेट्रोलियम पदार्थको समस्या देखियो : अध्यक्ष बोहोरा
कालोबजारी गर्नेलाई ठाउँको–ठाउँ कारबाही गर्छौं, विदाको दिनमा पनि अनुगमन गरेका छौं : महानिर्देशक सुवेदी

काठमाडौं, ४ चैत्र । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । उनले भने,‘पाईपलाईनबाट पनि पेट्रोलियम पदार्थ आईरहेको छ । अहिले हामीले सप्लाईमा बढि ध्यान दिएका छौं।’


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको सुनाए । उनले भने,‘हामी अहिले यही कुरामा बढि फोकस छौं ।’ उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँई गरेको देखिएन् । एकाध, दुईले मुल्यको समायोजनले गर्दा नकिनेका होलान् ।’


ADVERTISEMENT

# # #


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भैरहवाबाट पनि तेल ल्याउन आफुहरुले निर्देशन दिएको सुनाए । उनले अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि सुनाए । उनले भने,‘आम उपभोक्ताहरुले भेहिकलमा राख्नुहोस् । तर, धेरै स्टोरेज नगरौं ।’ उनले पेट्रोलियम पदार्थको माग पूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारे । उनले अहिले बजारमा भएको आम मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरुले भारतबाट आपूर्ति गरिरहेको जनाए । उनले आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको सुनाउँदै यो भनेको ८० प्रतिशत भण्डारण भएको स्पष्ट पारे ।

त्यस्तै, उनले ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढि सिलिण्डर स्टोरेज गर्नुनै प्रमुख कारण भएको स्पष्ट पारे । उनले भने,‘यो महिना चाहिएको ग्याँस ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौं । अहिले बजारमा २८ लाख सिलिण्डर रहेका छन् । हामीले ३५ लाख मगाएका छौं । यो भनेको ७ लाख लाख बढि हो ।’ उनले नेपाल ग्याँसको सिलिण्डर अत्यधिक बढि भएको सुनाउँदै अहिले एक्कासी यो कम्पनीको सिलिण्डिर बजारमा आएकोले समस्या देखिएको सुनाए । उनले भने,‘नेपाल ग्याँस त आयल निगमभन्दापनि जेठो हो ।’

नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’

उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भैरहेकोले कुनै समस्या नहुने जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि आपूर्ति नगरौं, यसो गर्न सकियो भने अहिलेको समस्या आफैं समाधान हुन्छ ।’ उनले भारतबाट समयमै ढुवानी भैरहेको र कुनै असर नपरेको पनि स्पष्ट पारे ।

भण्डारीले काठमाडौं उपत्यकामा मात्रै दैनिक ४० देखि ५० हजार सिलिण्डिरको खपत हुने गरेको सुनाए । उनले भने,‘अहिले ३८ वटा उद्योग (डिलर) ले सेवा दिईरहनुभएको छ ।’ उनले कुन डिलरबाट कति ग्याँसल वितरण भएको छ ? भन्नेबारे आफूहरुले संस्थाको वेबसाईटमै आधिकारिक रुपमा अपडेट गर्न लागेको पनि सुनाए ।

उनले ग्याँसको सामान्य र नियमित खपतमा कुनै समस्या नभएको जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि होल्ड नगरौं, सुरक्षाको दृष्टिकोणले पनि राम्रो होईन्।’ उनले नियमित ग्याँस आईरहेकोले नआँत्तिन समे आम उपभोक्तालाई आग्रह गरे । उनले थपे,‘ग्याँस आपूर्तिको लागि बोर्डरमा समेत कुनै समस्या छैन् ।’

उनले ग्याँस लुकाउने कुरै नहुने भन्दै गलत गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भने,‘हामीले पनि गलत गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग पुर्याउँछौं ।’

पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन् । उनले भने,‘कुनै दिनपनि आपूर्ति रोकिएको छैन् ।’ उनले आफूहरुसँग भएका ट्यांकरलाई समेत भण्डारणको लागि प्रयोग गर्नुपर्ने सुनाए । निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनको जोड थियो ।

बोहोराले अहिले पेट्रोलियम पदार्थको कुनै भयावह अवस्था नभएको समेत जिकिर गरे । तर, निगमले समयमै मूल्य समायोजन नगर्दा अहिले दुई चार दिन समस्या देखिएको उनले तर्क गरे । उनले भने,‘निगमले मूल्य समायोजनमा ढिलाई गरेकै हो, कालोबजारी गर्ने ठाउँ छैन् । मूल्य घट्छ कि भनेर केही व्यापारी साथीहरुले तेल नउठाएको हुनसक्छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन् । उनले भने,‘एकीकृत रुपमा हामीले अनुगमनलाई अघि बढाएका छौं ।’ कालोबजारी गर्नेहरुलाई आफुहरुले ठाउँको ठाउँमा कारबाही गरेको उनले स्पष्ट पारे ।

उनले आजबाट ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिईएको र सोहीअनुरुप आज अनुगमन गरिएको पनि सुनाए । उनले भने,‘ग्याँसमा वितरण प्रणालीमा समस्या देखिएको छ । ग्राहकलाई होल्न नगर्नको लागि म आग्रह गर्दछु ।’ उनले आफुहरुले कुनैपनि खराबी मौलाउन नदिने पनि विश्वास दिलाए । उनले भने,‘हामी फिलडमै खटिएका छौं । गलत गर्नेलाई कारबाही भैरहेको छ ।’

कार्यक्रममा नेपाल आयल निगमका उपमहानिर्देशक नागेन्द्र साहले निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजनबारे प्रकाश पारेका थिए ।