काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।


ADVERTISEMENT


यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।


ADVERTISEMENT

# # #


ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स३एस्ट्रिक्स२ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ह्यास डायलगरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सकिन्छ । आफ्नो आवश्यकता अनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन् ।

यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिदै आएको छ । यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।

यो योजना अन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् ।

यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ ।