संयुक्त राष्ट्र संघले फिनल्यान्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र घोषणा गरेको छ । वर्ल्ड ह्यापिनेस रिपोर्ट’ का लागि अनुसन्धानकर्ताहरूले १ सय ५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मूल्यांकनमा फिनल्यान्डलाई विश्वको सबैभन्दा खुसी मुलुक घोषणा गरिएको राष्ट्र संघले जनाएको छ ।


ADVERTISEMENT


अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यैक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएका थिए । राष्ट्र संघका अनुसार यी सबै सूचकका आधारमा फिनल्यान्ड अगाडि देखिएकाले खुसी राष्ट्र घोषणा गरिएको हो ।
सूचीमा अस्ट्रेलिया ११औं स्थानमा छ भने कोस्टारिका १२औं, इजरायल १३ औं, लक्जेम्वर्ग १४औं र बेलायत १५औं नम्बरमा छन् । जर्मनी १७औं नम्बरमा अटाउँदा अमेरिका १९औं नम्बरमा परेको छ भने सिंगापुर ३४ औं स्थानमा रहेको छ ।


ADVERTISEMENT

# # #


पाकिस्तान ६७ र रुस ६८ औं नम्बरमा छन् भने विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन ९३ औं स्थानमा छ । नेपाल दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौं स्थानमा छ भने बंगलादेश १२५, श्रीलंका १३० र भारत १४०औं स्थानमा छन् । राष्ट्र संघले प्रत्येक वर्ष खुसी राष्ट्रको सूची सार्वजनिक गर्दै आएको छ ।