काठमाडौँ – भाडावाला सरोकार समाज नेपालले घरभेटी तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्नुपर्नेमा जोड दिएको छ ।


ADVERTISEMENT


आइतबार एक पत्रकार सम्मेलन गर्दै समाजले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासको प्रभाव नेपालमा समेत परिरहेको अवस्थालाई मध्येनजर गरी सम्पूर्ण घरभेटीले आफ्नो आर्थिक क्षमता हेरेर घरभाडा छुट गर्न माग गरेको हो । घर बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निश्कर्ष छ ।


ADVERTISEMENT

# # #


यो अवस्थालाइ आत्मसात गर्दै सरकारले तत्कालै यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समेत समाजले सरकारसमक्ष राखेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत सचेतना अपनाइरहेको बेला देशको सम्पूर्ण कामकारबाही ठप्प भैसकेको समेत समाजले ठहर गरेको छ ।

यस्तो अवस्थामा भाडामा बसोवास गर्नेहरु, भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेको व्यापारीहरुको व्यापार ठप्प भएको कारण घरभाडा तत्कालै सकेसम्म तीन महिना नसके केही छुट गर्न सरकार र घरधनीहरुलाई भाडावाला समाज नेपालको आग्रह छ ।

कोरोनाका प्रभाव र नकारात्मक असर नेपालको अर्थतन्त्रमा समेत परेकोले सम्पूर्ण व्यापार, व्यवसाय र कार्यालायिक कामहरु पनि ठप्प भइरहेको अवस्थामा व्यवसाय गर्ने सम्पूर्ण व्यापारीलाई समेत ठूलो धक्का पुगेको समाजको भनाई छ । नेपालकै अर्थतन्त्रमा असर पर्ने विषयलाई केन्द्रीत गरी सम्पूर्ण घारभाडा दर, विद्यालय शुल्क, कलेज तथा क्याम्पसका शुल्क तत्कालै छुट गराउनुपर्ने समाजको माग छ ।

साथै, समाजले अत्यावश्यक उपभोग्य वस्तुमा कालोबजारी नियन्त्रण गरी सम्पूर्ण नागरिकलाई विपत्तको बेला सहज ढंगले उपलब्ध गराईदिन सरकारसंग आग्रह गरेको छ ।