काठमाडौं। माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालय (मेट्रो) को संयुक्त अभियानमा कोरोना भाइरस संक्रमणबाट जोगिन साबुनपानीले हातधुने अभियान सुरु भएको छ ।


ADVERTISEMENT


आईतबार बैंक र प्रहरी कार्यालयले आईतबारबाट काठमाडौं र भक्तपुरकाका भिडहुने विभिन्न १६ स्थानहरुमा पानी ट्याङ्की तथा साबुन र स्यानिटाईजरको व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेल र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले बोनेश्वरमा सो अभियानको संयुक्त सुरुवात गरेका छन् ।

विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भार्इसरको संक्रमणबाट बच्नका लागि साबुनपानीले हात धुनु अनिवार्य रहेको र काम बिशेषले बाहिर निस्किने नागरिकका लागि सार्बजनिक स्थानमा हातधुन सम्भब नहुने हुँदा बैंक तथा महानगरीय प्रहरी कार्यालयले सो व्यवस्था गरेको बैंकले जनाएको छ ।

अत्याबश्यक बाहेकका अन्यकामका लागि सकेसम्म बाहिर ननिस्किन ग्राहकहरुलाई आग्रह गर्दै बैंकिङ्ग कारोबारकालागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न बैंकले आग्रह समेत गरेको छ ।

बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा पनि स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त मास्क र स्यानिटाईजरको व्यवस्था गरेको समेत जनाएको छ।