काठमाडौं । वीरगन्जका व्यापारी शिवकुमार रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ। पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।


ADVERTISEMENT


रुंगटाका छोराले पटनाबाट फोन गरेर नतिजा नेगेटिभ आएको जानकारी दिएको शिवकुमारका भाइ सुरेश रुंगटाले बताए।


ADVERTISEMENT

# # #


रुंगटालाई भारतको पटनास्थित पटना मेडिकल कलेज एन्ड हस्पिटलमा भर्ना गरिएको छ। वीरगञ्जकै भ्रअस्पतालले उनलाई पटना रिफर गरेको थियो।

परीक्षण रिपोर्ट नै नआउँदै केही सञ्चार माध्यमहरुले तथ्यहिन भ्रम फैलाएका थिए ।