काठमाडौं – भारत र चीनसँग जोडिएका सबै सीमा नाका आजबाट बन्द गरिएका छन् । यसअघि आइतबार बसेको मन्त्रीपरिषद बैठकले एक साता आवागमन बन्द गर्ने निर्णय गरेको छ । दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएर कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय आइतबार लिएको हो ।


ADVERTISEMENT


मानिसको आउजाउ रोकिए पनि सामान ढुवानी नियमित हुनेछ ।
बैठकले सोमबार बिहान १० बजेदेखि १६ गते मध्यरातसम्म दुवै छिमेकी मुलुकका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । उत्तरी सीमामा दुइटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिणी सीमामा ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी १ सय ६४ वटा नाका छन् ।


ADVERTISEMENT

# # #