काठमाडौँ — सोमबारबाट केही समयका लागि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा सरकारले रोक लगाएको छ । कोभिड–१९ को त्रास बढेसँगै सरकारले सावधानी अपनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । आजैबाट सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।


ADVERTISEMENT


लामो दूरी भन्नाले २ सय ५० किमिभन्दा टाढालाई मानिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘हामीले भन्न खोजेको सहरभित्र चल्न पाउनेछन्, सहरबाट बाहिर जान भने पाउनेछैनन् । ’ सहरका जुनसुकै ठाउँमा पनि सवारीसाधन चल्न पाउँछन् । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउनेछैनन्।


ADVERTISEMENT

# # #


सहरभित्र चल्ने सार्वजनिक साधनमा भने अवरोध हुनेछैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शनिबार साँझ सूचना जारी गर्दै घर फर्कन चाहनेले रोक लगाउनुअघि नै प्रबन्ध गर्न आग्रह गरेको थियो । ‘सरकारको यो निर्णय स्वागतयोग्य छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ ।’

‘सहरभित्र चलाउन पाइयो तर एकबाट अर्को जिल्ला जान पाइएन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ९एसएसपी० भीमप्रसाद ढकालले भने, ‘यो नियम देशभरका सबै जिल्लामा लागू हुनेछ ।’ काभ्रेबाट काठमाडौं चल्ने स्थानीय रुटका गाडी पनि चल्न नपाउने उनको भनाइ छ । ‘उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलाई एउटै सहर मानेर यी जिल्लामा लोकल गाडी चल्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अघिपछि जस्तो काभ्रेबाट काठमाडौं यात्रु लिएर गाडी आउन भने पाउनेछैनन् ।’