काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराएका हुन्।


ADVERTISEMENT

# # #


यससँगै देउवा सरकार ५० सदस्यीय बनेको छ । यो गणतान्त्रिक नेपालको सबैभन्दा जम्बो मन्त्रिमण्डल हो । यसअघि गणतन्त्र आएपछिको चौथो प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

बहुदलीय व्यवस्थामा पनि जम्बो मन्त्रीमण्डलको रेकर्ड देउवाकै नाममा थियो । ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । यस पटक आफ्नै पुरानो रेकर्ड तोडेका छन्, उनले ।

किनकि, मंगलबारको विस्तारपछि पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय मन्त्रीविहीन छन् । चार वटै मन्त्रालय अहिले प्रधानमन्त्री देउवासँगै छन् र राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

थपिएका १५ जना नयाँ राज्यमन्त्रीहरु :