काठमाण्डौ  -कोरोना भाइरसको संक्रमण भएका एक चिकित्सकसँग सम्पर्कमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा बसेकी छिन् । चान्सलर एङ्गेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा रहेको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


जर्मनीमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले दुई हप्तासम्म दुई जना भन्दा धेरै मान्छे भेला हुन नपाउने घोषणा गरेको केही मिनेटमै चान्सलर मर्केलका प्रवक्ता स्टेफन सेवर्टले उनी पनि सेल्फ क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


चान्सलर मर्केललाई निमोनियाको सुई लगाइदिने चिकित्सकलाई कोरोना भाएको पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुपरेको पनि प्रवक्ता सवर्टले जानकारी दिए ।