पाल्पा – पाल्पाको रम्भा गाउँपालिकामा ५० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन पूर्वसर्तकता अपनाउँदै गाउँपालिकाले वडा नम्बर ५ को रम्भा माध्यमिक विद्यालयमा क्वारेन्टाइन तयार गरेको हो ।


ADVERTISEMENT


गाउँपालिकाले रम्भा माध्यमिक विद्यालयमा दुई कोठामा क्वारेन्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानसँगै सरसफाइ गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाँले बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच तथा गाउँपालिकाका तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हेन्डवास, स्यानिटाइजर, पञ्जालगाय सामग्रीको व्यवस्थापन मिलाएको छ ।

क्वारेन्टाइन भएको क्षेत्रमा बाहिरैपट्टि ज्वरो जाँच्ने व्यवस्था गरिएको स्वास्थ्य शाखा संयोजक शिव अर्यालले बताए । डा केशरजङ्ग कार्कीलाई स्वास्थ्य सेवा दिनका लागि सबै सामग्रीसहित तयारी अवस्थामा राखिएको र स्वास्थ्य सेवाका लागि वडा नम्बर ५ का वडाध्यक्ष खुमकान्त बस्यालको नेतृत्वमा काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै माथागढीको दिव्यज्योति माविमा १५ शय्या र तिनाउ गाउँपालिका दोभानस्थित माध्यमिक विद्यालयमा शय्याको अस्थायी क्वारेन्टाइन तयार गरिएको तथा अझै थपिने तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । सिद्धार्थ राजमार्गसँग जोडिएको गाउँपालिका भएका कारण पनि यसमा मानिसको ओहोरदोहोरले सङ्क्रमण बढाउने आशङ्काले निगरानी बढाइएको गाउँपालिकाले जनाएको छ । यसैबीच रामपुर नगरपालिकाले २० शय्याको क्वारेन्टाइन तथा तानसेन नगरपालिकाले ५० शय्याको क्वारेन्टाइन स्थापना गर्दैछन् ।