पोखरा – ‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ ।


ADVERTISEMENT


विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका सबै रेष्टुरेन्ट बन्द भएपछि यहाँ रहेका पर्यटक समस्यामा परेका भन्दै रेष्टुरेन्ट खुलाउने निर्णय गरिएको हो । रेवानका अध्यक्ष भिमसेन भुजेलका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि लेकसाइडका अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट र ग्रेट वाल रेष्टुरेन्ट, बाराही चोकस्थित मुनडान्स रेष्टुरेण्ट, गौरिघाटस्थित होटल ग्लासिएर, सेण्टर प्वाइन्टस्थित सम्राट तन्दुरी तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने छ ।


ADVERTISEMENT

# # #


तोकिएका रेष्टुरेन्ट मध्ये ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकी रेष्टुरेण्टमा सबैखाले खानाका परिकार पाइने उनले जानकारी दिए। रेष्टुरेन्टहरुले कोरोना सङ्क्रमणबाट जोगिने गरी मास्क, स्यानिटाइजर तथा अन्य आवश्यक सतर्कता अपनाउँदै ग्राहकलाई सेवा दिने रेवानले जनाएको छ । रासस