एजेन्सी । छिमेकी मुलुक भारतमा कोभिड–१९ बाट संक्रमित मध्ये निको भएर घर फर्किनेको संख्या बढिरहेको छ ।


ADVERTISEMENT


भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ६ बढीलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाएका छन् । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको र संक्रमितहरु मध्ये पनि निको भएर जानेहरुको संख्या बढेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् । लक डाउन संक्रमण रोक्नका लागि प्रभावकारी बनिरहेको बर्ताइएको छ ।

देशबासीका नाममा मंगलबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो देश बन्दको घोषणा गरेको बताएका थिए ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन भएको छ । भारतीय जनताले सरकारको लक डाउनको समर्थन गर्दै सफल बनाउन सहयोग गरिरहेका छन् ।