काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । नयाँ दिल्लीस्थित विमानस्थल पुगेका प्रधानमन्त्री देउवालाई स्वराजले स्वागत गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यमन्त्रीले स्वागत गरेको भन्दै नेपालमा विरोध भएको थियो ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराजले स्वागत गरेकी हुन्। प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा ४८ जना सम्मिलित टोलीको नेतृत्व गर्दै भारत आएका हुन्। पाँच दिनको भारत बसाईमा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवा राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री देउवासहित ६ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी भ्रमण दलका बाँकीलाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।