ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ७ ले लक डाउनका समयमा वडा बासीहरुका लागि अत्यावश्यक सबै सेवा घर घरमै उपलब्ध गराउने भएको छ । वडाध्यक्ष नकुल थापाले वडाबासीहरुका लागि सन्देश जारी गर्दै सो जानकारी गराएका हुन् ।


ADVERTISEMENT


वडामा बिदेशबाट कोही नयाँ व्यक्ति आएमा अनिवार्य स्वास्थ्य जाँच गर्न आह्वान गरिएको छ । जाँच गर्न आवश्यक परे घरमै सो सुबिधा उपलब्ध गराईने बताईएको छ ।


ADVERTISEMENT

# # #


वडाले दैनिक जीवनका अत्यावश्यक बस्तुहरुको अभाव भएमा वडामा खबर गर्न भन्दै सो सेवा घर घरमा नै आएर दिईने वडाध्यक्ष थापाले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।

वडाध्यक्ष थापाले सबैलाई घर घरमा नै बसेर लक डाउनलाई सफल बनाउँदै आँफु र अरुलाई कोरोना भाईरसबाट बँचाउन आग्रह गरेका छन् । लक डाउनको अवधिभर परेका समस्याबारे वडालाई खबर गर्न वडाध्यक्ष थापाको आह्वान छ ।