काठमाडौँ– चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ अर्थात भोलिदेखि प्रदर्शनमा आउने भएको छ ।


ADVERTISEMENT


भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण पक्षले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


कार्यकारी निर्माता कृष्ण पोखरेलले आफ्नो देशबाट लखेटिएर शरणार्थीको रुपमा बस्नुपर्दाको पीडा, भोग्नुपरेको सास्तीलाई पर्दामा उतारिएको जानकारी दिए। “आफ्नो थातथलो छाडेर विदेशीभूमिमा बस्नुपर्दाको पीडालाई समेटेर फिल्म निर्माण गरेका छौँ”, उनले भन्नुभयो, “फिल्मको उद्देश्य भुटानी शरणार्थीको पीडालाई राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा पुर्याउनु हो ।”

निर्माता÷कलाकार प्रकाश शिवाकोटीले विजय केरुङले २० वर्ष लगाएर तयार पारेको शोधपत्रको आधारमा चलचित्र निर्माण गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा कलाकार दिलीप लिम्बूले चलचित्र एकपटक हेरेर मूल्यांकन गरिदिन आग्रह गरे ।

रु ९५ लाखको लागतमा निर्माण गरिएको ‘हामी शरणार्थी’ दुई घण्टा ५२ मिनेट लामो रहेको छ । चारवटा गीत रहेको चलचित्रमा संगीत उत्तमजंग लिम्बूको, नृत्य निर्देशन कमल राई, छायाँकन सौरभ लामा र द्वन्द्व निर्देशन हिमाल केरुङले गरेका छन् ।

चलचित्रमा नायक जीवन भट्टराई, नायिका शिल्पा पोखरेल, कलाकार नयन घिमिरे, विक्रम श्रेष्ठ, भूमिका उप्रेती, प्रतिमा रसाइलीलगायतले अभिनय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।