काठमाडौं – श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले असंगठित र न्युन आय भएका श्रमिकहरुको तथ्यांक संकलन भइरहेको बताएका छन् । हिमालय पोष्टसँग कुरा गर्दै मन्त्री रायले भने, ‘कुनैपनि योजना बनाउन तथ्यांक चाहिन्छ, अहिले हामीसँग त्यस्ता श्रमिकको स्पष्ट कसनै तथ्यांक छैन, त्यसैले पहिलो चरणमा हामीले तथ्यांक संकलन गर्ने तयारी गरेका छौँ ।’


ADVERTISEMENT


मन्त्री यादवका अनुसार मन्त्रालयले उद्योग वाणिज्य संघ, नेपाल ट्रेड युनियन महासंघ, निर्माण व्यवसायी संघ लगायतसँग सहकार्य असंगठित श्रमिकको तथ्यांक संकलन गर्नेछ । मन्त्री यादवले भने, ‘तत्कालका लागि भने अप्ठेरोमा परेकालाई सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।’ मन्त्री यादवले संघीय सरकार, प्रदेश र स्थानीय सरकार सबै मिलेर छिटै यस समस्याको समाधान गर्ने बताए ।


ADVERTISEMENT

# # #