काठमाडौं- अमेरिकाले नेपालस्थित आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । आफ्ना नागरिकलाई लिएर मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी जाने भएको छ । त्यसका लागि अमेरिकी दूतावासले नेपाल भर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।


ADVERTISEMENT


नेपालका लागि अमेरिकी  राजदूत र्‍यान्डी बेरीले एक भिडियो सन्देश जारी गरी नेपाल सरकारसँग समन्वय गरेर पोखरा, जोमसोम र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याउनका लागि यात्रा प्रबन्ध गर्न सफल भएको र अरुलाई पनि ल्याउने प्रयास गरिरहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


राजदूत र्‍यान्डी बेरीले अमेरिकी विदेशमन्त्रालयसँग चार्टड विमानका सन्दर्भमा समन्वय गरिरहेको र पहिलो उडान मंगलबार मार्च ३१ मा काठमाडौंबाठ वासिंटन डिसीका लागि हुने दूतावासको भनाई छ । दोश्रो उडान अप्रिल २ बिहिबार हुने तर दुबै उडानका लागि समय तय हुन बाँकी रहेको राजदूत बेरीले बताएका छन् ।

यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेशमन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ । तर यी उडानबाट अमेरिका आउनका लागि हरेक अमेरिकी नागरिकले डीएस ५५२८ नामको फर्म भरेर दूतावासमा बुझाउनुपर्नेछ ।

दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई सुरुमा अर्को फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।

अहिलेसम्म फर्म नभरेका तर नेपालबाट उद्दार गरिने अमेरिका ल्याइने उडानमा आउन चाहेकाहरुलाई तुरुन्त फर्म भर्न अनुरोध गरिएको छ । त्यस्तै अमेरिकी दूतावासले नेपालमा रहेका सबै अमेरिकी नागरिकहरुलाई संयमता अपनाउन भनेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

https://www.facebook.com/nepal.usembassy/videos/610104323178294/?t=13