खोटाङ – जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालय सेलेवामा ३४ जनामा ज्वरोको समस्या देखिएको छ । शुक्रबारदेखि फैलिएको ज्वरोले १२ वर्षमुनिका १२ जना र ४० देखि ६० वर्ष उमेरका २२ जना बिरामी परेको वडाध्यक्ष बिदुरमान राईले बताए ।


ADVERTISEMENT


ज्वरोको समस्या देखिएपछि शनिबार स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गर्दै औषधि वितरण गरेको छ ।


ADVERTISEMENT

# # #


मौसम परिवर्तनका कारण उनीहरुमा ज्वरो र निमोनियको समस्या देखिएको स्वास्थ्यकर्मीको अनुमान छ । बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।