काठमाडौँ– नेपाली कथानक चलचित्र ‘सेतो सूर्य’ विश्वकै चर्चित अवार्ड ‘ओस्कर अवार्ड’मा नेपालबाट छनोट भएको छ । ओस्करमा चलचित्र पठाउन ‘सेतो सूर्य’ र ‘बिजुली मेसिन’ले निवेदन दिएकोमा ‘सेतो सूर्य’ छनोट गरिएको हो ।


ADVERTISEMENT


‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस’ले मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।
दीपक रौनियारको निर्देशिन चलचित्र ‘सेतो सूर्यमा एकै परिवारका दाजुभाइबीच फरक राजनीतिक विचारका कारण उत्पन्न समस्यालाई देखाइएको छ ।


ADVERTISEMENT

# # #


चलचित्रले यस अघि भेनिस फिल्म फेस्टिभल इन्टरफिल अवार्ड जितिसकेको चलचित्रमा दयाहाङ राइ, रविन्द्रसिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिकामा छन् ।