काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरवहादुर देउवाले उनको रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । नेपालको प्रजतान्त्रिक र पार्टी संगठनमा रेग्मीले पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।


ADVERTISEMENT

# # #


‘अग्रज एवं शालीन नेता मेरा मीत्र सूर्य प्रसद रेग्मीको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ ।’ देउवाले भनेका छन्, ‘उहाँले नेपालको प्रजतान्त्रिक र पार्टी संगठनमा पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षको उमेरमा आइतबार वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उनी पनि थिए ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले आठ वर्ष प्रवास र आठ वर्ष कारागारमा जीवन बिताएका थिए । रेग्मी केही महीनाअघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित भएका थिए ।