झिमरुक – प्यूठान नगरपालिकाले वडा न ७ मा रहेका अति विपन्न तथा अशक्त ३६ घर परिवारलाई वडा कार्यालयमार्फत् खाद्यान्न वितरण गरेको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउन ती परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सामग्री वितरण गरेको वडा अध्यक्ष नेत्र केसीले बताए ।


ADVERTISEMENT


लकडाउनका कारण काममा जान नसक्ने परिवार छनौट गरी चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न वितरण गरिएको थियो । नगर प्रमुख अर्जुनकुमार कक्षपतिले विदेशबाट गाउँ फर्किएका नागरिक अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरे । उनले कोरानो भाइरसको सम्भावित जोखिम हुन नदिन घरभित्रै रहन र कुनै समस्या भएमा नगरपालिकामा सम्पर्क गर्न आग्रह समेत गरे । रासस


ADVERTISEMENT

# # #