काठमाडौं- स्वास्थ्य सामग्री लिएर प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेश उडेको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फर्किएको छ। स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि स्काइ ट्रक सम्बन्धित ठाउँमा नपुर्‍याइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइएको नेपाली सेना स्रोतले जनाएको छ।


ADVERTISEMENT


‘स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि पाइलटले स्काइ ट्रक फर्काउनुभएको हो’ स्रोतले भन्यो, ‘स्यानिटाइजर लिक भएर त्यस्तो राग आएको हुनसक्छ।’


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशको सुर्खेत स्वास्थ्य सामग्री लिएर गएको स्काइ ट्रकमा भने कुनै समस्या आएको छैन।

सरकारले सातै प्रदेशमा स्वास्थ्य सामग्री लैजान सुरू गरेको थियो।