टोकियो — जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।


ADVERTISEMENT


अस्वस्थ महसुस भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो।


ADVERTISEMENT

# # #


शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो। सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन।