– रिना भट्ट


ADVERTISEMENT


भनिन्छ– मन त्यस्तो शक्ति हो जो रोग भन्दा बढी शक्तिशाली हुन्छ । रोगले मान्छे लाई २० प्रतिशत असर गर्छ भने मनको भयले ८० प्रतिशत असर गर्छ । इच्छाशक्तिले अनेक संकटको सामना गर्नका लागि उत्प्रेरणा दिन्छ । यो उत्प्रेरणा मानसिक मनोबलसँगै शारीरिक शक्तिका रुपमा स्थापित हुन्छ । जसको परिणाम मानव शरीरमा रहेका नकारात्मक प्रभावसँग स्पर्धा गरी सकारात्मक प्रभावलाई प्रतिस्थापन गर्ने ठूलो गुण मानिन्छ । त्यसैले त अध्यात्ममा विश्वास गर्नेहरु रोगसँग होइन, मनोरोगसँग लड्न सक्नु नै जीत ठान्छन् ।


ADVERTISEMENT

# # #


मान्छेले शक्ति त्यतिबेला गुमाउँछन्, जतिबेला इच्छाशक्ति गुम्छ । मानिस आत्महत्या किन गर्छ होला ? मेडिकल साइन्सले मान्छेभित्र बाँच्ने चाहना मुर्झाउन थालेपछि आउने सोचको परिवर्तनको परिणाम ठान्छन् । त्यस्तो व्यक्तिले आत्महत्या नगरे पनि बाँच्ने इच्छाशक्ति हराउँदै जाँदा निधन अधिक नजिक हुन्छ ।यसलाई डरको एउटा प्रारुप मानिन्छ ।

डर नै सबैभन्दा ठूलो भाईरस हो जसले रोगको भाईरसले भन्दा बढि मानिस लाई दुःख दिन्छ । उदाहरणको लागि प्राचीन कालदेखि जबजब युरोपका शहरहरूमा महामारी फैलन्थ्यो सो समय त्यहाँका धर्मगुरुहरूले शहरको रक्षाका लागि सीमानामा बसेर रोग विरूद्ध पुजा आजा गरेर रोगको रोकथाम गर्थे रे ! त्यस्तै समयमा एक पटक ‘महामारी’ शहर भित्र प्रवेश गर्न खोजेछ । यस्तो अवस्थामा धर्म गुरुहरूले रोगलाई शहरभित्र प्रवेश गर्नु भन्दा पहिले बाटोमै रोकेर प्रश्न गरेछन् – रोग तिमीले कति जनालाई लिएर जान्छौ ? रोगले जवाफ फर्कायो – म एक्लै छैन । मसँग मृत्यु र भय दुई साथीहरु पनि छन् । म सँगै आएका मृत्यु र भयलाई पनि सोधपुछ गर । अनिमात्र म मात्र म भन्छु ।’

हामी रोग र मृत्युको बारेमा हेरिरहेका छौं, सुनिरहेका छौं अनि शेयर गरिरहेका छौं । जसले रोग र मृत्यु भन्दा पनि भयलाई बढी सहयोग गरेको छ । आज चिन्ता र भयले हरेक मनलाई खाइरहेको छ ।

यो सुनेर धर्म गुरुहरूले सबैभन्दा पहिले रोगलाई सोधे । रोगले उत्तर दियो । त्यसपछि धर्मगुरुहरूले मृत्युलाई प्रश्न गरे । मृत्युले भन्यो – ‘म रोगले लगेको मध्ये रोग लागेको आधालाई लिन्छु । त्यसपछि ‘भय’को पालो आयो । भय’ ले आफू कसैलाई नलिने बतायो । यो सुनेपछि रोग, मृत्यु भय तीनलाई नै शहर भित्र प्रवेश गराइएछ ।

त्यसपछि सहर भित्र महामारी फैलियो । रोगले रोगले आफूले भनेको जति मान्छेलाई लियो । मृत्युले पनि आफ्नो वाचाअनुसार रोगले लगेको भन्दा आधा मानिसलाई लियो । तर, भयले चाही रोग र मृत्युले लगेको भन्दा बढीलाई लिइरहेको देखेपछि धर्मगुरूहरूले ‘भय’लाई रोकेर सोधे – तिमीले त कसैलाई लग्दैन भनेको होइन, फेरि सबैभन्दा बढिलाई तिमीले किन लगेको ? यो प्रश्न सुनेर भयले भन्यो – मैले यिनीहरूलाई लगेको होइन, यिनीहरू नै आफै मेरो पछि लागेर आएका हुन् ।

यसर्थ भय त्यस्तो चिज हो जसले हामीलाई नजानिँदो किसिमबाट रोगको मुखमा पुर्‍याउन मद्दत गर्छ, सजिलै मृत्युको नजिक पुर्‍याउँछ ।

आज पनि यस्तै समयको सिर्जना विश्वभरि नै भइरहेको छ । आज त्यही भय वा डर सबैभन्दा बढी हामीमाथि हावी भइरहेको देखिन्छ । यस्तो समयमा हाम्रो सोचले जीवनमा ठूलो असर गरेको पाइन्छ । तसर्थ सोचलाई सकारात्मक बनाउँदै जीवनलाई सुखी र खुशी बनाउनु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो । आज यस्तो परिस्थितिको सिर्जना भएको छ, जसले विश्वको हरेक मनलाई डरले प्रभाव पारेको छ ।

‘भाइरस अफ फियर’ सबैभन्दा हानीकारक रोग हो । जसले मलाई, मेरो घर परिवारलाई, मेरो राष्ट्रका तीन करोड नेपालीलाई मात्र नभएर विश्वको ७–८ सय करोड जनसंख्यालाई नै जकेडेर राखेको छ ।

त्यो परिस्थिति कोरोना भाईरस हो, जसको कारण चिन्ता र भयले हरेक मनलाई खाइरहेको छ। परिस्थितिले मनको स्थिति बनाएको भन्दा पनि मनको स्थितिले परिस्थिति बनाएको आज देखिँदैछ । जुन हुनुमा सबैभन्दा महत्वपूर्ण हात भनेको प्रविधिको फरक प्रभावलाई मान्नुपर्छ ।

टेलिभिजन, सामाजिक सञ्जालहरू र पत्रपत्रिका इत्यादिको भूमिका महत्वपूर्ण हो । हामी रोग र मृत्युको बारेमा हेरिरहेका छौं, सुनिरहेका छौं अनि शेयर गरिरहेका छौं । जसले रोग र मृत्यु भन्दा पनि भयलाई बढी सहयोग गरेको छ ।

यहाँ कोरोना भाईरस भन्दा डरको भाईरसले मानव जातिको शरीरमा नोक्सानी सुरू गरिसकेको छ । यो ‘भाइरस अफ फियर’ सबैभन्दा हानीकारक रोग हो । जसले मलाई, मेरो घर परिवारलाई, मेरो राष्ट्रका तीन करोड नेपालीलाई मात्र नभएर विश्वको ७–८ सय करोड जनसंख्यालाई नै जकेडेर राखेको छ ।

यो डर नै समस्याको जड हो । डाक्टर भन्दैछन्–डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ । रोग प्रतिरोधात्मक क्षमता उमेरले होइन, मनले तय गर्दछ भन्ने कुरा हाम्रो सम्मानीय प्रधानमन्त्रीले नै प्रमाणित सक्नुभएको छ ।  यस्तो अवस्थामा आज सारा विश्वका मानिसहरु घरमा बसेर टेलिभिजन च्यानल र सामाजिक संजाल मार्फत कोरोना भाईरसकै समाचार हेरेर मृत्यु आदिबारे नकारात्मक सूचनामार्फत आफ्नो शरीरमा डरको नकारात्मक प्रभाव पारिरहेको अवस्था छ ।

हरेक १५ मिनेटमा समाचार सुन्ने, त्यसको दृश्य हेर्ने, त्यसैको बारेमा सामाजिक संजालमा लेख्ने र त्यसैको बारेमा घर परिवारमा कुरा गर्ने इत्यादिले हाम्रो पुरै शारीरिक शक्ति रोग, मृत्यु र भयमा मात्र सीमित हुनसक्छ । जसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामी माथि उक्त रोगले सजिलै आक्रमण गर्न सक्छ ।

दिनभरको नकारात्मक समाचारले हाम्रो सोचमा नै डर त्रास फैलिएको छ । सूचना संप्रेषण गर्नेले रोग नफैलोस् भनेर दिनु राम्रो काम हो । जसलाई नकारात्मक कुरा भन्न सकिन्न । तर, त्यो सूचनालाई डर त्रासको रूपमा चौबिसै घन्टा हेरेर लेखेर र शेयर गरेर पटकपटक दिनु साँच्चिकै नकारात्मक प्रभाव वा असरलाई आफूप्रति आकर्षित गर्नु हो ।

अर्थात् सधैं मोटरसाइकल र कार दुर्घटनाको भिडियो हेर्दा हेर्दा र मरेको मान्छेको कुरा सुन्दा सुन्दा हाम्रो मगजमा यस्तो नकारात्मक प्रभाव पार्छ की त्यसले गर्दा हामीले बाटोमा गाडी कुनै हालतमा चलाउन सक्दैनौँ । हामीलाई भयले यस्तो जकेडेर राख्छ जसको कारण हाम्रो मगजमा ‘एनजाइटी’ सिर्जना भएर स्वतः नै दुर्घटना हुन सक्छ । तसर्थ नकारात्मक सोचको प्रभाव पनि नकारात्मक नै हुन्छ । यो बम्हाण्डको नियम नै हो । प्रत्येक दश दश मिनेटमा मोबाइल टिभीमा हाम्रो शुभचिन्तकहरूले शुभ भावनाले रोगबाट बच्ने सन्देश पठाई रहेका हुन्छन्, जुन साँच्चिकै हामीलाई आवश्यक नै छ त ?

दिनमा १५ मिनेट समाचार सुनौँ जानकारीको लागि । तर, हरेक १५ मिनेटमा समाचार सुन्ने, त्यसको दृश्य हेर्ने, त्यसैको बारेमा सामाजिक संजालमा लेख्ने र त्यसैको बारेमा घर परिवारमा कुरा गर्ने इत्यादिले हाम्रो पुरै शारीरिक शक्ति रोग, मृत्यु र भयमा मात्र सीमित हुनसक्छ । जसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामी माथि उक्त रोगले सजिलै आक्रमण गर्न सक्छ ।

आजैबाट स्वस्थ मनस्थिति नै रोगसँग लड्ने सबैभन्दा ठूलो औषधि हो भन्ने मन्त्र आफ्नो जीवनमा लागू गरौँ ।

हाम्रो आन्तरिक शक्तिलाई डर र त्रासले नास गर्ने छ । जसको कारण कोरोना जस्तो नकारात्मक तत्वलाई सजिलै आकर्षण गर्छ। तसर्थ नकारात्मक तत्वलाई समाप्त गर्ने एक मात्र उपाय सकारात्मक सोच राख्नु हो । यसले यो भाइरस छिटै हराउँछ । हामी नेपाली र नेपाललाई दुःख दिँदैन । हामी भाईरससँग लड्न सक्छौँ भन्ने सकारात्मक सोच मात्र सकारात्मक परिणामको एउटा प्रमुख उपाय हो ।

यसर्थ, कोरोना भाइरसका सन्दर्भमा त्यति गहिरो धारणा बनाउन आवश्यक छैन । विश्व सूचांक हेर्दा पनि यो साधारण हो । खानपानदेखि अनेक विषयमा ध्यान दिए यसको आक्रमणले मान्छे मरिहाल्ने वा सक्कि हाल्ने पनि होइन । आत्मबल बलियो भएका मानिसको शारीरिक रुपमा प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यसलाई लडाउने वा खुत्रुक्क पार्ने चिज नै बलियो प्रतिरोध क्षमता हो । त्यसका लागि त्रास र डररहित सुरक्षित बसोबास हो ।

विश्व स्वास्थ्य संगठनले पनि भनेको छ–जति खुसी बन्नुहुन्छ, त्यति प्रतिरोध क्षमतामा कमजोरी हुने छैन । यसर्थ, स्वस्थ्य रहन केही त मनन् गरौ- ‘मन को बाघ खतरनाक हुन्छ बनको बाघ भन्दा’ । आजैबाट स्वस्थ मनस्थिति नै रोगसँग लड्ने सबैभन्दा ठूलो औषधि हो भन्ने मन्त्र आफ्नो जीवनमा लागू गरौँ । स्वस्थ मनस्थितिले रोगलाई सजिलोसँग पराजित गर्न सक्छ भन्ने सबैभन्दा ठूलो उदाहरण नै सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ ।

(भट्ट पाटन क्याम्पसकी राजनीति शास्त्रकी प्राध्यापक हुन् )