काठमाडौं – काठमाडौंका दुई अस्पतालमा मृत्यु भएका तीन जनाको नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार पाटन अस्पतालको आईसीयूमा उपचाररत एक जनाको मृत्यु भएको बताए । उनको नमुना राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षण भइरहेको डा। देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“आजै वीरमा दुईजनाको मृत्यु भएको छ जसमा एकजना कालीमाटी बस्ने भारतीय नागरिक छन्,” उनले भने “तीनैजनाको राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाबाट रिपोर्ट आएपछि सार्वजनिक गर्नेछौँ ।”