चौतारा, सिन्धुपाल्चोक– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतसहित सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ अन्तर्गत नगरपालिका तथा गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी सम्मानित भएका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री बस्नेतलगायत नगर तथा गाउँपालिकाका निर्वाचित पदाधिकारीलाई सिन्धुपाल्चोक क्षेत्र नं २ स्थित नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा मन्त्री बस्नेतले आगामी मंसिर १० गते हुने प्रदेश र संघीय संसद्को निर्वाचनमा काँग्रेसका सबै कार्यकर्ता एक ढिका भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले भूकम्पपीडितका लागि उपलब्ध गराइने किस्ताबन्दी रकममध्ये दुई किस्ताको रकम उपलब्ध गराइसकिएको र तेस्रो किस्ता चाँडै नै वितरण गर्ने तयारी भइरहेको जानकारी गराए। उनले मुलुक भरका सम्पूर्ण गाउँगाउँमा टेलिफोन तथा मोबाइल सेवा उपलब्ध गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापति टंकबहादुर कार्की, महासमिति सदस्य शोभा उलक, जिल्ला सचिव झलक नेपाललगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।