काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० का दरले घटाएको हो।


ADVERTISEMENT


अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको निगमले जनाएको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ तोकेको छ ।


ADVERTISEMENT

# # #


हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।