काठमाडौ । गरिमा विकास बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक प्रदेशबाट ५ लाख रुपैयाँको दरले ३५ लाख रुपेयाँ सहयोग गरेको छ । नेपाली जनताहरुको स्वास्थ्य परिक्षण् गर्न गराउनको अतिरिक्त लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको जोह गर्न समेत धौधौ पररिहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई नै कठिन परेको यस सम्बेदनशील घडीमा गरिमा विकास बैंक लिमिटेडले मुलुकका सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि रु ५ लाखको दरले रु ३५ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ । हरेक प्रदेश सरकारलाई उक्त रकम हस्तान्तरण गर्नेगरी गरिमाले सहयोग गरेको हो । बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५ लाख रुपैयाँका दरले कुल ३५ लाख रुपैयाँ आर्थिक सहयोग जम्मा गर्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT