काठमाडौँ — नो अब्जेक्सन लेटर ‘एनओसी’ नभए पनि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई उनीहरूका आफन्तले एक पटकका लागि पैसा पठाउन पाउने भएका छन् ।


ADVERTISEMENT


गत शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गरी साइप्रसमा अध्ययनरत एनओसी नभएका नेपाली विद्यार्थीका लागि मात्र यस्तो सुविधा दिएको थियो ।
सरकारको निर्देशनमा बुधबार राष्ट्र बैंकले सबै राष्ट्रमा अध्ययनरत नेपालीलाई यस्तो सुविधा दिएको हो । यो विदेशी मुद्रा सटही सुविधा मात्र हो ।


ADVERTISEMENT

# # #


कोभिड–१९ का कारण विभिन्न देशमा रहेका विद्यार्थी प्रभावित भएपछि दैनिक गुजराका लागि एक पटकका लागि पैसा पठाउने सुविधा दिइएको हो ।