काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा एक करोड सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीको सञ्चालक समितिको बैठकले कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।


ADVERTISEMENT

# # #


नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेको छ ।