काठमाडौँ – एनआईसी एशिया बैंकले प्रदेश १ मा दैनिक व्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुका लागि पाँच लाख बराबरको खाद्यान्ह सामग्री वितरण गरेको छ ।


ADVERTISEMENT


विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम रोक्न देश लकडाउन गरिएकाले विकास निर्माण र कलकारखाना लगायतका क्षेत्रमा काम गर्नेहरु चपेटामा पर्ने भएकाले उनीहरुका लागि बैँकले राहत वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


बैँकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारसँगको सहकार्यमा रू. पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको जनाएको छ । शुक्रबार विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।