विश्वभर भाइरस संक्रमितको संख्या करिब ११ लाख पुगेको छ। ५९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये कम्तीमा २ लाख २५ हजार जना निको भएका छन्।


ADVERTISEMENT


पछिल्लो समय अमेरिकामा कोभिड–१९ को संक्रमण निकै तीव्र रूपमा फैलिइरहेको छ। अमेरिकाका प्रमुख सहरहरू लकडाउनको अवस्थामा छन् भने निर्माण, पर्यटन, होटल, रेस्टुराँ, रात्रि क्लबलगायतका व्यवसायी निकै प्रभावित भएका छन्। जसका कारण बेरोजगारी पनि ह्वात्तै बढेको छ।


ADVERTISEMENT

# # #


जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकाका पछिल्लो २४ घण्टामा एक हजार ४६ को मृत्यु भएको छ। शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको स‌ख्या ७ हजार १ सय ४१ पुगेको छ। त्यस्तै शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ।

संघीय सरकारको श्रम मन्त्रालयका अनुसार मार्च महिनाको अन्त्यसम्ममा ६६ लाख अमेरिकीले बेरोजगारी सुविधाका लागि आवेदन दिएका छन्।

विज्ञहरूले यो संख्या थप बढ्न सक्ने र अप्रिल महिनामा लाखौंले रोजगारी गुमाउन सक्ने चेतावनी दिएका छन्। अमेरिकी स्वास्थ्य अधिकारीहरूले २ लाख ४० हजार जनासम्मको ज्यान जान सक्ने चेतावनी यसअघि नै दिइसकेका छन्।