एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोभिड–१९ को परीक्षण गरएका छन्।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले पछिल्लो पटक ट्रम्पको दोस्रो परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जनाए। कोन्लेका अनुसार ट्रम्पको नमुना लिन स्वास्थ्यकर्मीलाई करिब एक मिनेट लागेको थियो। करिब १५ मिनेटमा नतिजा आएको उनले जनाए।


ADVERTISEMENT

# # #


कोभिड–१९ सम्बन्धी कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले भाइरसविरुद्ध संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको बताए। अमेरिकामा हाल विश्वकै सबैभन्दा बढी कोभिड–१९ संक्रमित छन्।