काठमाडौँ — बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।


ADVERTISEMENT


बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो । त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे । सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘स्वास्थ्य परीक्षणको क्रममा ९ जना नेपालीलाई पोजिटिभ देखिएको हो ।’


ADVERTISEMENT

# # #


उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन ।