काठमाडौं – हाँस्य कलाकार एवं गायक यमन श्रेष्ठले भने फुर्सदको यो समय सदुपयोग गर्दै समसमायिक गीत सार्वजनिक गरेका छन् । लकडाउन बोलको हाँस्य जनरामा रहेको यो गीतको शब्द उनका पिता वरिष्ठ हाँस्य व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र स्वम् यमनले लेखेका हुन् । कोरोना भाइरसको संक्रमणको रोकथाम र सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको सबै नागरिकले पालना गर्नुपर्ने सन्देश गीतले बोकेको छ ।


ADVERTISEMENT


‘लकडाउन लकडाउन संसार सटडाउन’ बोलको गीतले चेतनासँगै मनोरञ्जन पनि प्रदान गर्छ । हात मिलाउनु हुँदैन, भीडभाडमा जानु हुँदैन, भोजभतेर गर्नु हुँदैन, चिसोमा बस्नु हुँदैन, ब्यायाम गर्नुपर्छ भन्ने सन्देश दिएको गीतमा स्वर यमन श्रेष्ठको छ ।


ADVERTISEMENT

# # #


गीतमा स्वरसँगै संंगीत र संगीत संयोजन पनि गायक स्वयम्को हो । गीतको भिडियोको निर्देशन एवं छायांकन गायिका सराना श्रेष्ठले गरेकी हुन् । सराना यमनकी बहिनी समेत हुन् । गीतको भिडियोमा यमनसँगै उनकी पत्नी रिंकु ब्रजाचार्य श्रेष्ठ फिचर्ड छिन् ।

भिडियो हेर्नुस् :