काठमाडौं – कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसंगै उत्तरी मोहडाबाट सगरमाथा आरोहण खुल्ला गरिएको छ । चीनले आफ्नो भू–भागमा पर्ने उत्तरी मोहडाबाट तत्कालका लागि चिनियाँ नागरिकका लागि मात्र पर्वतारोहण खुल्ला गरेको हो ।


ADVERTISEMENT


कोरोना महामारीले विश्वव्यापी रुप लिएकाले अन्य मुलुकका नागरिकलाई भने यो सिजनमा आरोहण अनुमति प्रदान नगर्ने चीनले स्पष्ट पारेको छ । आरोहण अनुमति पाएसंगै पहिलो चरणमा २४ जना चिनियाँ पर्वतारोही चुचुरो पुग्ने योजनामा यात्रा सुरु गरिसकेको चीन–तिब्बत पर्वतारोहण संघले जनाएको छ ।


ADVERTISEMENT

# # #