इंग्लिस प्रिमियर लिगले खेलाडीलाई आफ्‍नो वार्षिक तलबबाट ३० प्रतिशत कट्टा गरेर लिन भनेको छ । कोरोनो भाइरस संक्रमणको महामारीले आर्थिक अवस्थामा ठूलो धक्का परेपछि आयोजकले खेलाडीसँग यस्तो अनुरोध गरेको हो ।


ADVERTISEMENT


इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्ने खेलाडीको पारिश्रमिक अत्याधिक हुने गर्छ र पछिल्लो समय उनीहरूमाथि आफ्नो पारिश्रमिक कट्टा गरेर लिन ठूलो नैतिक दबाब बढेको थियो।


ADVERTISEMENT

# # #


प्रिमियर लिगमा खेल्ने खेलाडीको औसत पारिश्रमिक वर्षको ३० लाख पाउन्ड रहेको छ। लिग आयोजकका अनुसार सबै २० क्लबको बैठकमा उनीहरू आफ्ना खेलाडीबाट तलब कट्टा गर्न सहमत पनि भएका छन्।