काठमाडौँ– दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


ती चाडपर्वमा उपभोक्तालाई नुन, तेल, चीन, चामल, मासु लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्नका लागि आपूर्ति मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानले कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता बाबुराम भुषालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन । सुपथ मूल्यअनुसार नुन प्रतिपरिवार ६ किलो र चामल प्रतिपरिवार ३० किलोका दरले बिक्री–वितरण गरिनेछ । सहुलियत दरका सुपथ मूल्य पसलमा बासमती बाहेकका चामलमा रु पाँच, खसीबोका र च्याङ्ग्रामा रु १०, नुनमा रु दुई तथा चिनीमा रु पाँच प्रतिकिलोका दरले छुट दिएर बिक्री–वितरण गरिने मन्त्रालयले जनाएको छ ।