श्याम ठाकुर, सिरहा – सिराहा जिल्लाको लाहन नगरपालिका वडा नं. १२ नयाँ वर्षकोका अवसरमा वैशाख १ गते लाग्ने सलहेश फुलवारी मेला स्थगित गरिएको छ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यलय सिरहा तथा सुरक्षा निकायका प्रमुखहरू तथा स्थानिय सरकारहरूको बुधबार बसेको बैठकले विश्वभर कोरोना भाईरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनका कारण सलहेश फुलवारी मेला स्थगित गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


लहानमा शलहेश फुलवारी मेलाको विशेष आकर्षण भनेको त्यहाँ फुल्ने फुल हो । जुन फुल वर्षको एक पटक वैशाख १ गते एउटा रुखमा फुल्ने गर्दछ । यो फूल वर्षको पहिलो दिन वैशाख १ गते एकाबिहान फुलेर साँझपख ओइलाएर जाने गर्दछ ।

यस्तै सिरहामा प्रत्येक वर्ष वैशाख २ गते मनाइने पकडिया गढ, मानिक दह ,धमनी माई मेला र पतारी मेला लगायतका विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गर्न, मेला लाग्न नदिने निर्णय समेत बैठकले गरेको छ ।

सिरहाको सलहेश फूलबारीमा रहेको हारमको रुखमा फुलेको सुनाखरी आकारको फूल ।

सिरहा जिल्लाको लहान नगरपालिका, गोलबजार नगरपालिका, सिरहा नगरपालिका, मिर्चैया नगरपलिका शहलेस गहबर र भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा नयाँ वर्षका अवसरमा वैशाख १ र २ गते लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गरेका छ्न ।

स्थानीय तहहरुबाट उक्त मेला पर्वहरु नहुने बारेमा सुरक्षा निकायहरुसँग समन्वय गरी सिमावर्ती बासिन्दाहरुलाई समेत जानकारी गराउने गर्न निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकार सरोज गुरागाईले जानकारी दिए ।