भोजपुर – प्रहरीले चारन थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको आमचोक गाउँपालिका–३ दिसङ्ला बस्ने २२ वर्षीय साजाङ राई ४ थान भरुवा बन्दुकसहित बुधबार दिउँसो पक्राउ परेका हुन् ।


ADVERTISEMENT


चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही १४ वर्षीय निश्चल राई घाइते भएपछि प्रहरीले राईमाथि अनुसन्धान थालेको थियो । ईलाका प्रहरी कार्यालय वोयाङरबाट खटिएको प्रहरी टोलीले राईलाई एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


सोधपुछ गर्ने क्रममा उक्त जंगलमा झारपातले छोपेर लुकाइ राखेको ३ थान भरुवा बन्दुक समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय वोयाङरले जनाएको छ ।

बन्दुकको छर्रा लागेर घाइते भएका निश्चलको भई धरान घोपामा उपचार भइरहेको जनाइएको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।