काठमाडौं । कोरोना भाइरसको त्रास आफूहरुमा नै बढी भएपनि उपराष्टपतिका निजी चिकित्सकले राहत कोषमा एक महिनाको तलव दिएका छन् ।
मुटुरोग विशेषज्ञ डा. शिवजीबिक्रम सिलवालले आफ्नो एक महिनाको तलव ललितपुरको महालक्ष्मी नगरपालिकाको राहत कोषमा दिएका छन् । उनी राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारी हुन् । भाइरसका कारण चिकित्सक नै बढी संकटमा परिरहेका बेला केही सहयोग गरौं भनेर सो रकम उपलव्ध गराएको जनाएका छन् । नर्भिक र अल्का अस्पतालमा समेत कार्यरत उनी सोही नगरपालिका ९ मा बसोबास गर्छन् ।


ADVERTISEMENT