काठमाडौं – सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेस त्रिपाठीले विश्वमा कोभिड १९ संक्रमण सुरु भएपछि भारत बाहेक तेस्रो मुलुकबाट हालसम्म नेपाल प्रवेश गरेका करिब ६४ हजार जनाको पहिचान भएको बताउनुभएको छ । उनीहरु सवै क्वारेन्टिनमा रहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।


ADVERTISEMENT


उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै हरेक स्थानीय तहले क्वारेन्टिन निर्माण गरेको भन्दै उहाँले सम्पूर्ण तहमा एउटै कार्यविधि बनाएर कोष परिचालन, राहत संकलन र वितरण लगायतका काम भइरहेको बताउनुभयो ।


ADVERTISEMENT

# # #


मन्त्री त्रिपाठीले साढे २ लाख बढी परिवारलाई राहत वितरण गरेको जानकारी दिनुभयो ।कोभिड १९ संक्रमण नियन्त्रण तथा उपचारका लागि सबै ७ सय ५३ वटै स्थानीय तह सक्रिय रहेको  मन्त्री त्रिपाठीले बताउनुभयो ।